भारतको इन्दौरमा मन्दिरको छत भत्किँदा १३ जनाको मृत्यु

भारतको मध्य प्रदेशको इन्दौरमा एक मन्दिरको छत भत्किँदा १३ जनाको मृत्यु भएको छ । रामनवमी पर्वको अवसरमा लागिरहेको मेलामा अत्यधिक भिडका कारण मन्दिरको छत भत्किँदा १३ जनाको मृत्यु भएको हो ।  

मन्दिरको छत भत्किँदा १० महिलासहित १३ जनाको मृत्यु भएको मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले जनाएका छन् । उनका अनुसार अहिलेसम्म १९ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

रामनवमी मनाउन मन्दिरमा मानिस जम्मा भएका थिए, त्यही समयमा मन्दिरमा रहेको छाना खसेको थियो ।  





  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार २०:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया