तनहुँमा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, दुईजना घाइते
फाइल तस्बिर

तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा दुईजना घाइते भएका छन् । 

मल ल्याउँदै गरेको ट्रयाक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।     

दुर्घटनामा घाइते दुईजनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।   





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १३:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया