जापानी यान ‘हायाबुसा२’ छुद्रग्रहमा सफलतापूर्वक अवतरण

एजेन्सी – पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढा रहेकाे एउटा क्षुद्रग्रहमा जापानी यान शुक्रबार सफलतापूर्वक अवतरण गरेकाे छ । 

हायाबुसा२ नाम दिइएको यस उपग्रहको मद्दतबाट जीवको उत्पत्ति र सौर्य प्रणालीका बारेमा महत्वपूर्ण जानकारी सङ्कलन गर्ने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् । 

जापानी एरोस्पेश एजेन्सी (ज्याक्सा) का वैज्ञानिकहरुले हायाबुसा२ उपग्रह शुक्रबार सफलतापूर्वक छुद्रग्रहको सतहमा अवतरण गरेको बताएका छन् । छुद्रग्रहको सतहमा यान ओर्लिएको सूचना प्राप्त गरेसँगै ज्याक्सा केन्द्रमा कार्यरत वैज्ञानिकहरुबीच खुशीयाली छाएको थियो । 

‘यान सफलतापूर्वक छुद्रग्रहमा अवतरण गरेको छ,’ ज्याक्साकी प्रवक्ता चिस्तो इकुताले घोषणा गरेका थिए। उनले नियन्त्रण कक्षमा हायाबुसा२ ले पठाएका सङ्केतहरु प्राप्त हुन थालेको र त्यो ठीकठाक रहेको पनि जानकारी दिए । 

वैज्ञानिकहरुले यानले पठाउन थालेका तथ्यांकहरु सङ्ग्रह र विश्लेषण गर्न थालेको पनि इकुताले बताए । 

छुद्रग्रहमा सापेक्षित रुपमा करिब ४ अर्ब ६० करोड वर्षअघि ठूलो मात्रामा अर्गानिक वस्तु र पानी रहेको विश्वास गरिन्छ । 

हायाबुसा२ अभियानका लागि करिब २७ करोड अमेरिकी डलर खर्च भएको छ । यो अभियान डिसेम्बर २०१४ मा आरम्भ गरिएको थियो र यसले सन् २०२० भित्रमा पृथ्वीमा छुद्रग्रहको सतहमा भेटिएका वस्तुको नमूना सङ्कलन गर्ने समयावधि तोकिएको थियो । 

हायाबुसा२ ले पठाएका प्रारम्भिक तस्बिरमा छुद्रग्रहको सतह केही उबडखाबड भएको देखिएको छ । हायाबुसा२ मा क्यामेरा र सेन्सिङ उपकरण जडान गरिएको छ । साथै, यसमा दुईवटा साना मिनेर्भा–२ रोभर रोबोट र फ्रान्सेली–जर्मनेली मास्कोट नाम गरेको रोबोट पनि रहेको छ । यी रोबोटले ग्रहको सतहका बारेमा जानकारी दिनेछन् । 

करिब १० केजीको मास्कोट रोबोटमा सेन्सरहरु जडान गरिएको छ र यसले सतहका तस्बिरहरु खिच्ने, माइक्रोस्कोपको मद्दतबाट खनिजहरुको अनुसन्धान गर्ने, सतहको तापक्रम र चुम्बकीय अवस्थाको मापन गर्नेछ । 

ठूलो फ्रिज आकारको हायाबुसा२ मा सौर्य प्यानल जडान गरिएको छ । जापानी भाषामा हायाबुसाको अर्थ ‘बाज’ हो । 

सन् २०१४ मा जापानले पहिलोपटक हायाबुसा सफलतापूर्वक प्रक्षेपण गरेपनि त्यसले छुद्रग्रहका बारेमा पर्याप्त जानकारी संकलन गर्न सकेको थिएन् । 





  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार १२:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया