वीर अस्पतालमा निर्माणाधीन भवनकाे लिफ्ट चुडिँदा दुई कामदारको मृत्यु

काठमाडौं– बिहीबार वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा घाइते भएका तीनजना कामदारमध्ये दुइजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

वीर अस्पतालको निर्माणधीन भवनमा कार्यरत अवस्थामा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरीको मृत्यु भएको हो । बिहीबार बेलुका निर्माणधीन भवनको  लिफ्ट चुँडिएको थियो ।

ट्रमा सेन्टरले जनाएअनुसार घाइतेमध्ये एकजनाको उपचारका लागि ट्रमा सेन्टर लैजार्दै गर्दा र एकजनाको उपचार हुँदै गर्दा मृत्यु भएको हो । 





  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार १४:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया