भारतीय पूर्वक्रिकेटर सलीम दुर्रानीको निधन

भारतका पूर्वक्रिकेटर सलीम दुर्रानीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका दुर्रानीको आज बिहान ८८ वर्षको उमेरमा निधन भएको हो ।

क्रिकेटसँग जोडिएका संसारका चिरपरिचित व्यक्तिहरूले दुर्रानीको निधनमा उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । भारतीय क्रिकेट टिमका पूर्व कोच एवं खेलाडी रवि शास्त्रीले एक पुरानो तस्बिर ट्विट गर्दै दुर्रानीलाई सम्झिएका छन् ।  

दुर्रानी अर्जुन अवार्ड पाउने भारतका पहिलो क्रिकेटरसमेत हुन् । उनले भारतका लागि २९ टेस्ट खेलमा १ हजार २०२ रन बनाउनुका साथै ७५ विकेट लिएका थिए ।

सन् १९६० मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दुर्रानीले अन्तिमपटक १९७३ मा खेलेका थिए ।   





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १२:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया