अमेरिकामा मधुशालामा गोली चल्दा तीन मारिए, एक जनाको अवस्था गम्भीर

संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

शनिबार राति ९ बजेतिर ह्वीस्की ब्यारेलमा गोली चल्दा उक्त हताहति भएको जानकारी दिँदै ओक्लाहोमा प्रहरी विभागले गोली चलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको बताएको छ । 

घटनाको छानबिन भइरहेको छ भने यो समाचार तयार पार्दासम्म थप विवरण प्राप्त भएको छैन ।  





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १३:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया