गीत बजाएको आरोपमा रेडियो स्टेसन बन्द

अफगानिस्तानको तालिबान प्रशासनले गीत बजाएको आरोपमा उत्तरपूर्वमा रहेको रेडियो स्टेसन बन्द गराएको छ । 

महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेसनले रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिबानका एक अधिकारीले बताएका छन् ।

दश वर्षअघि प्रारम्भ गरिएको सादाइ बानोवान अर्थात् महिलाको आवाज रेडियो स्टेसनमा आठजना कर्मचारीमध्ये ६ जना महिला कार्यरत थिए । 

बदख्शान प्रान्तका सूचना तगा संस्कृति निर्देशक मोइजुद्दिन अहमदीले रमजानको समयमा गीतसंगीत प्रसारण गरेर इस्लामिक कानुनको उल्लंघन गरेकाले प्रसारण बन्द गरिएको बताएका छन् । 

भविष्यमा पुनः कानुनको उल्लंघन नगर्ने प्रतिबद्धता व्यक्त भएमा प्रसारणको अनुमति दिइने पनि उनले बताएका छन् । 





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार २१:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया