logo-img

जापानमा नेपाली युवक मृत फेला

जापानमा एक नेपाली युवकको मृत्यु भएको छ । अध्ययनका लागि जापानको ओकिनावा बस्दै आएका दाङको तुलसीपुर उपमहानगरपालिका–३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु भएको हो ।  

उनी शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए । आइतबार बिहान मात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो । खिमसँग शुक्रबार मात्रै कुराकानी भएको उनका बुबा कर्णबहादुर बुढाले जानकारी दिए । 

उनका अनुसार अघिल्लो वर्षको चैतमा खिम अध्ययनको सिलसिलामा जापान गएका थिए । ​ 





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया