अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

अमेरिकी दक्षिण र मध्यपश्चिम क्षेत्रमा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । 

दक्षिणी मैदानी क्षेत्रका केही भागमा व्यापक आँधी आउन सक्ने सम्भावना रहेको सीएनएनले जनाएको छ । गत शुक्रबार अमेरिकी भूमिमा अवतरण भएको यो आँधीले सयौँ घर र व्यवसायहरूलाई आंशिक तथा पूर्णरूपमा ध्वस्त पारेको थियो । 

अर्कान्सासका मेयर जेनिफर हब्सका अनुसार, अर्कान्सासको वेनमा चार जनाको मृत्यु भएको छ । आँधीले शहरको पश्चिमी सीमाबाट यसको पूर्वीसम्म विनाशको रेखा छोडेको थियो ।

मेम्फिस प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै दुई बालबालिका र एक वयस्कको मृत्यु भएको जनाएको छ । अर्कान्सासका गभर्नरले नर्थ लिटिल रकमा आँधीका कारण एक जनाको र वाइनमा दुई जनाको मृत्यु भएको जानकारीपछि बताएपछि शुक्रबार दिउँसो आपतकालीन अवस्थाको घोषणा गरेका थिए । 

सिएनएनका अनुसार खराब मौसमका कारण मिसौरीमा पनि आपतकालीन अवस्था घोषणा गरिएको छ । उत्तरी इलिनोइसमा शुक्रबार राति बेल्भिडेरेस्थित एक नाट्यशालाको छाना भत्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य २८ जनालाई अस्पतालमा भर्ना गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

इन्डियाना स्टेट पुलिसका सार्जेन्ट म्याट एम्सका अनुसार इडियानाको सुलिभान कन्ट्रीमा शेरमेनबाट लगभग १५० माइल पूर्वमा रहेको आँधीका कारण तीन जनाको मृत्यु भएको छ । नेशनल वेदर सर्भिसले अर्कान्सास, इलिनोइस, इन्डियाना र टेनेसीका अतिरिक्त विस्कन्सिन, आयोवा र मिसिसिपीमा पनि आँधीको रिपोर्ट दिएको थियो । 



राष्ट्रिय मौसम सेवाका अनुसार आँधीको प्रणाली शनिबार बिहानै पूर्वतिर सर्दै गर्दा अलाबामा र जर्जियाका केही भागमा चक्रवातको चेतावनी जारी गरिएको छ । रातारात आएको चक्रवातले मिसिसिपीको रोलिङ फोर्कको अधिकांश भागलाई जलमग्न बनाएको छ । जहाँ अनुमानित अधिकतम १७० माइल प्रतिघण्टाको दरमा आँधी आएको थियो ।  



  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार १५:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया