\
नेकपा (एकीकृत समाजवादी) का महासचिव जगन्नाथ खतिवडाले २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताएका छन् ।
सोमबार उदयपुरको गाईघाटमा समाजवादी प्रेस संगठन उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एस अहिले पार्टी निर्माणको अभियानमा रहेकाले जनताको सुझाव संकलन गरिरहेको बताए ।
‘वैशाखसम्म सञ्चालन हुने अभियानमा सदस्यता विस्तार, पालिका तथा वडा कमिटी गठन पुनर्गठन तथा स्थानीय तहले सम्पादन गरेका कार्यको निगरानी गर्ने र खबरदारी गर्नेछौँ,’ खतिवडाले भने ।
पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, आर्थिक समस्या, सामाजिक समस्या, बेरोजगारीलगायत अवस्थाप्रति नेकपा एस गम्भीर रहेकाले उचित नीति तथा कार्यक्रमको माध्यमबाट समस्या समाधानका लागि पार्टी र सरकार दुवै ठाउँबाट भूमिका खेल्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।