अफगान सेनाको कारबाहीमा ६ आईएस लडाकु मारिए

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध सञ्चालन गरेको कारबाहीमा ६ जना लडाकु मारिएका छन् ।

बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बताएका छन् ।

अफगान सुरक्षा बलले सोमबार राति नहर–ए–शही जिल्लामा आईएसविरुद्ध कारबाही गरेको थियो । गत वर्ष अफगानिस्तानमा भएका केही घातक बम विष्फोटको जिम्मेवारी लिएको आईएसले उसका लडाकाविरुद्ध गरिएको सैन्य कारबाहीबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

अफगान कार्यवाहक प्रशासनले सशस्त्र विपक्षीहरूलाई ठेगान लगाउने प्रतिबद्धता व्यक्त गर्दै आईएस सङ्गठनलाई सुरक्षा खतराको रूपमा अस्वीकार गरेको छ ।   





  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार १२:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया