युनिक्याम्पसले खोल्यो एडिलेडमा शाखा

काठमाडौं– शैक्षिक परामर्शमा काम गरिरहेको युनिक्याम्पस ग्लोबलले अष्ट्रेलियाको एडिलेडमा आफ्नो शाखा खोलेको छ । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अशोक केसीले युनिक्याम्पसको एडिलेड कार्यालय शुक्रबार उद्घाटन गरेका हुन् । 

सन् २००१ बाट शैक्षिक परामर्शमा काम गर्न सुरु गरेको युनिक्याम्पसले यसअघि नै नेपालका विभिन्न जिल्ला र थाइल्यान्डमा आफ्ना शाखाहरुमार्फत् सेवा दिँदै आएको छ ।

अष्ट्रेलियाका एक दर्जनभन्दा बढी विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आएको युनिक्याम्पसले नेपालबाट अष्ट्रेलिया र विशेष गरि एडिलेड पुगेका विद्यार्थीलाई आवश्यक थप सेवा सुविधा दिन आफ्नो कार्यालय अष्ट्रेलियामा पनि खोलेको जनाएको छ । युनिक्याम्पसका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले आफूहरुले विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य बोकेको र यसमा निरन्तर लागिरहने बताए ।





  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार १८:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया