\
भारतको सिक्किममा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा चितवनका शिवप्रसाद लामिछाने, २२ वर्षीया आशिका ढकाल तथा रूपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।
मृत्यु भएका लामिछानेको भने उमेर खुलाइएको छैन । हिमपहिरोमा मृत्यु भएका अन्य चारजना भारतीय नागरिक हुन् । त्यस्तै, हिमपहिरोमा घाइते १३ मध्ये तीनजना नेपाली रहेका छन् ।
घाइते हुने नेपालीमा गीता सापकोटा, ज्योति गुरुङ र रमेश खनाल रहेका छन् । उनीहरूको अहिले उपचार भइहरेको छ । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले सिक्किमको हिमपहिरोमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।