सन्दीपले लिए पहिलो खेलमै तीन विकेट

काठमाडौं– सन्दीप लामिछानेले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट आफ्नो पहिलो खेलमै तीन विकेट लिएका छन् । सन्दीपले मुलतान सुल्तान्ससँगको खेलमा तीन विकेट लिएका हुन् । 

सो खेल निकै महँगो सावित भए पनि उनी विकेट लिन सफल भएका छन् । सन्दीपले कडा ब्याटिङ गरेका जेम्स भिन्चलाई ८४ रनमा क्याच आउट गराए । सन्दीपको बलमा आउट हुनुपूर्व जेम्सले ४१ बलमा सात चौका र ६ छक्का प्रहार गरेका थिए ।

सन्दीपले दोस्रो विकेटको रूपमा सोइब मालिकलाई १० रनमा आउट गराए । त्यसैगरी, तेस्रो विकेट लिने क्रममा सन्दीपले आन्ड्रे रुसेललाई सात रनमा आउट गराए ।

चार ओभरमा सन्दीपले ४६ रन खर्चेर तीन विकेट लिए ।





  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार १९:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया