\
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । गएराति भएको खेलमा युनाइटेडको जितमा मार्कुस राशफोर्डले निर्णायक गोल गरे ।
उनले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए । यो जितसँगै युनाइटेड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले २८ खेलबाट ५३ अंक जोडेको छ ।
नवौँ स्थानमा रहेको ब्रेन्टफोर्डको ४३ अंक छ । प्रिमियर लिगअन्तर्गत नै अर्को खेलमा न्युकासल युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले हरायो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।