त्रिविका बाँकी क्याम्पसमा ३० चैतमा स्ववियु निर्वाचन गर्ने सहमति

संयुक्त विद्यार्थी संगठनबीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन ३० चैतमा गर्ने सहमति भएको छ । ५ चैतमा हुन नसकेका क्याम्पसमा ३० चैतमा स्ववियु निर्वाचन गर्ने सहमति भएको हो । 

संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

उनीहरूले निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने समझदारी पनि भएको छ । 

उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कर्मश क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

त्यस्तै, उपत्यका बाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा निर्वाचन हुन सकेको छैन । 





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार ९:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया