जसपाको विधान अधिवेशन सर्‍यो, अब जेठ १-३ गतेसम्म हुने

चैत २६ गतेदेखि २८ गतेसम्म हुने भनिएको जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन सरेको छ । उपनिर्वाचनको कारण देखाउँदै जसपाले जेठ १ गतेका लागि अधिवेशन सारेको हो ।

वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट पार्टी अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार छन् । सोही कारण जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

अध्यक्ष यादवको नेृत्वत्वमा गठन कार्यदलले मस्यौदा तयार गरी पार्टीलाई बुझाई सकेको छ । सो मस्यौदामाथि जिल्ला तथा प्रदेशबाट सुझाव पनि सङ्कलन भइसकेको छ । सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिई विधानलाई अधिवेशनमा लग्नेछ । 





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १३:५०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया