चीनले ताइवानवरपर थाल्यो युद्ध अभ्यास

चीनले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेको छ । ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले ताइवानवरपर युद्ध अभ्यास थालेको हाे । 

चीनले साईले अमेरिकी सभामुख भेटेको खण्डमा ताइवानले नराम्रो नतिजा भोग्ने धम्की दिएको थियो । चिनियाँ चेतावनीका बाबजुद साईले बुधबार अमेरिकी सभामुख भेटेकी थिइन् ।

क्यालिफोर्नियामा अमेरिकी सभामुख म्याकार्थीसँग भएकाे भेटवार्ताबारे जानकारी दिँदै साईले ताइवान र अमेरिकाबीच ‘बलियो र अद्वितीय साझेदारी’ भएको बताएकी थिइन् । म्याकार्थीले भने अमेरिकाले ताइवानलाई हतियार बेच्न जारी राख्ने प्रतिक्रिया दिएका थिए ।

गत वर्ष अमेरिका पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा पनि चीनले ताइवान ६ स्थानमा घेरेर युद्ध अभ्यास गरेको थियो । अहिले फेरि चीनले ताइवान वरपर युद्धपोतहरू युद्ध अभ्यासका लागि पठाएको छ ।





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १७:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया