जापानी हेलिकोप्टर राडारसँग सम्पर्क विच्छेद, दुर्घटनाकाे आशंका

बिहीबार जापानको दक्षिणपश्चिमी प्रान्त ओकिनावाको सामुद्रिक क्षेत्र एक हेलिकोप्टरको राडारसँगको सम्पर्कविच्छेद भएको छ। हेलिकोप्टरमा १० जना यात्रु सवार थिए । 

सरकारी प्रसारक एनएचकेले रक्षा मन्त्रालय र अन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘ओकिनावा प्रान्तको मियाकोजिमा टापुको विमानस्थलबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा स्थानीय समयअनुसार अपराह्न ४:४० बजे युएच–६० बहुउद्देश्यीय हेलिकोप्टर राडारको सम्पर्कबाट टाढिएको थियो।’ 

मियाकोजिमाबाट अपराह्न ४ बजेअघि उडेको उक्त हेलिकाेप्टर साँझ ५ बजेपछि टापुमा फर्कने तालिका थियाे । निर्धारित समयमा गन्तव्यमा नपुगेपछि हेलिकोप्टर​दुर्घटनाकाे आशंका गरिएकाे छ ।

विमानमा दुई पाइलट, दुई मेकानिक्स र छ चालक दलका सदस्य थिए । उनीहरू सबै सेल्फ डिफेन्स फोर्सका सदस्य रहेको जिएसडिएफले जनाएको छ।





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १८:२९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया