बलिउड अभिनेत्री अमीषा पटेलविरुद्ध अदालतबाट पक्राउ आदेश जारी भएको छ। फिल्ममा काम गर्ने भनेर लिएको साढे दुई करोड फिर्ता नगरेको आरोपमा उनीविरुद्ध रिट परेको थियो ।
झारखण्ड निवासी फिल्म निर्माता अजयकुमार सिंहसँग पैसा लिएर फिल्ममा काम नगरेपछि सिंहले पटेलविरुद्ध कोर्टमा रिट हालेका थिए। पैसा फिर्ता मागेपछि पटेलले दुई चेक दिए पनि सो चेक बाउन्स भएको थियो।
अदालतले पटेललाई अदालतमा उपस्थिति हुन बारम्बार नोटिस पठाएको थियो । उनी अदालतमा उपस्थित नभएपछि बिहीबार पक्राउ आदेश जारी भएको हो ।
सिंह पटेलविरुद्ध सन् २०१८ मा कोर्टमा गएका थिए। यसबारे १५ अप्रिलमा सुनुवाइ हुँदै छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।