नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेको छ ।
योसँगै शुक्रबार तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।