आइपिएल टोली रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले इंग्ल्याण्डका रिस टोप्लीको स्थानमा दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेललाई भित्र्याएको छ ।
जारी सिजनको पहिलो खेलमै टोप्लीको दायाँ हातको काँधमा चोट लागेपछि उनको स्थानमा आरसिबीले पार्नेललाई भित्र्याएको हो । उनले यसअघि पनि आइपिएल खेलिसकेका छन् ।
चार सिजनको आइपिएल अनुभव लिइसकेका ३३ वर्षीय पार्नेलले २६ खेलमा ७.३५ को इकोनमीमा २६ विकेट नै लिएका छन् । उनले पछिल्लो समय दक्षिण अफ्रिकाका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
हालसम्म पार्नेलले ५६ टी–२० अन्तर्राष्ट्रियमा ५९ विकेट लिएका छन् । टी–२० मा उनको उत्कृष्ट बलिङ ३० रन दिएर ५ विकेट लिनु हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।