\


३३ बुँदे फरक मत राख्दै मुकुन्द न्यौपानेले छाडे एकीकृत समाजवादी
फरकधार / २५ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले सो पार्टी छाडेर विद्रोहको घोषणा गरेका छन् ।
पूर्वमन्त्री न्यौपाने नेकपा एसमा माधव नेपाल र झलनाथ खनालपछिको तेस्रो वरीयतामा थिए । 

न्यौपानेले शनिबार पत्रकार सम्मेलनमार्फत पुनः विद्रोहको घोषणा गरेका हुन् । नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको भन्दै न्यौपानेले सो पार्टी परित्याग गरेका हुन् । 

भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउने भन्दै उनले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् । 

उनले आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल नगरिएको भन्दै असन्तुष्टि राखेका छन् । 





  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार १५:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया