सामसङपछि एप्पलले पनि फाेल्ड गर्न मिल्ने फाेन ल्याउने

एजेन्सी- सामसङ माेबाइलले फाेल्डेबल माेबाइल फाेन लन्च गरेलगत्तै एप्पलले पनि फाेल्ड गर्न मिल्ने फाेन ल्याउने बताएकाे छ । एप्पलले यसकाे ब्लुप्रिन्ट अमेरिकामा ट्रेडमार्कका लागि दर्ता गरेकाे छ ।

द भर्जकाे रिपाेर्टअनुसार बिहिबार याे आवेदन दिइएकाे हाे । आधा वा एक तिहाइ फाेल्ड गर्न मिल्ने गरि एप्पलले फाेन बनाउने भएकाे हाे । सन् २०१८ मा नै एप्पलले २०२० सम्म ट्याबलेटकाे पनि काम गर्न सक्ने फाेल्डेबल फाेन ल्याउला भन्ने अनुमान गरिएकाे थियाे ।

फाेल्डेबल फाेनमा चाहिँ सबैभन्दा पहिले सामसङले बिहिबार आधिकारिक रुपमा ग्यालेक्सी फाेल्ड स्मार्टफाेन लन्च गरेकाे थियाे । यसकाे मूल्य १९८० अमेरिकी डलर राखिएकाे छ ।याे फाेनमा ६ क्यामेरा हुने सामसङले जनाएकाे छ ।





  • प्रकाशित मिति : फागुन ११, २०७५ शनिबार ०:५९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया