शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बहाव’का निर्देशक प्रमोद कँडेलले फिल्म कुनै वादप्रति पूर्वाग्रही नभएको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै ‘बहाव’ निर्माण गर्ने क्रममा कुनै विचार वा वादप्रति आग्रह वा पूर्वाग्रह नराखी स्वतन्त्र रूपमा निर्माण गरेको उल्लेख गरेका छन्।
फिल्ममा कम्युनिष्ट विचारधारालाई परिवर्तन पक्षधर र लोकतान्त्रिक विचारधारालाई यथास्थितिवादी पक्षधरका रुपमा देखाइएको भन्दै चोतर्फी आलोचना भएको थियो।
त्यसबारे स्पष्टीकरण दिँदै उनले लेखेका छन्, ‘हाम्रो टिमले ‘बहाव’ निर्माण गर्ने क्रममा कुनै विचार वा वादप्रति आग्रह वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा फिल्म निर्माण गरेको हौँ। फिल्म निर्माण गर्नुको मुख्य उदेश्य कथा भन्नु हो, कथा भन्ने क्रममा भएका केही कमी कमजोरीलाई औल्याइदिनुभएकोमा हामी आत्मसात् गर्छौं। हामीले समाजको यथार्थ चित्रण गरेका हौँ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।