पिएसजीको जितमा मेस्सी र रामोसको गोल

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा नाइसविरुद्ध २–० को सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा पिएसजीको जितमा लियोनल मेस्सी र सर्जियो रामोसले गोल गरे । 

एलिएन्ज रिभिइरा नाइसमा भएको खेलमा पिएसजीले २६ औँ मिनेटमा मेस्सीको गोलबाट सुरुआती अग्रता लियो । उनी नुनो मेन्डेसको पासमा गोल गर्न सफल भए ।

खेलको ७६ औँ मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई २–० को जित दिलाए । उनले मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । 

यो जितसँगै पिएसजीले शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता कायमै राखेको छ । उसले ३० खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ । पराजित नाइस ४५ अंकका साथ आठौँ स्थानमा छ ।  





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार ७:१८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया