भारतमा जारी १६ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुई टोलीबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा अपरान्ह साढे ३ बजे सुरु हुनेछ । गत संस्करण विजेता गुजरातले जारी सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले सुरुवाती दुवै खेलमा जित हात पारिसकेको छ ।
गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्स र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो । ऊ आज कोलकाताबादलाई हराउँदै जितको ह्याट्रिक पूरा गर्न चाहन्छ ।
कोलकाता पनि लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा पञ्जाबसँग हार बेहोरे पनि उसले पछिल्लो म्याचमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८१ रनले हराएको थियो । हालसम्म आइपिएलमा कोलकाता र गुजरातले एक खेलमा प्रतिस्पर्धा गरेका छन् । गत संस्करणमा भएको भेटमा गुजरातले कोलकातालाई ८ रनले हराएको थियो ।
गुजरातको सम्भावित प्लेइङ–११ : हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, ऋद्धिमान साह (विकेटकिपर), साई सुदर्शन, राहुल तेवटिया, डेविड मिलर, मोहम्मद शामी, राशिद खान, जोस लिटल, यश दयाल र अल्जारी जोसेफ ।
इम्प्याक्ट प्लेयर्स : केएस भरत, शिवम मावी, मोहित शर्मा, विजय शंकर ।
कोलकाताको सम्भावित प्लेइङ–११ नितिश राणा (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), वैंकटेश अय्यर, मनदीप सिंह, रिंकु सिंह, आन्द्रे रसेल, शार्दुल ठाकुर, सुनील नारायण, टिम साउथी, उमेश यादव र वरुण चक्रवर्ती ।
इम्प्याक्ट प्लेयर्स :सुयश शर्मा, अनुकूल राई र नारायण जगदीसन ।
आजै हुने दोस्रो खेलमा सनराइजर्स हैदराबाद र पञ्जाब किंग्स आमनेसामने हुनेछन् । यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि हैदराबादस्थित राजीव गान्धी स्टेडियममा सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।