मछिन्द्र क्लबकाे मुख्य प्रशिक्षकमा किशोरकुमार केसी नियुक्त

मछिन्द्र क्लबले किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ए डिभिजन फुटबल लिग क्लब मछिन्द्रले आइतबार सामाजिक सञ्जालमार्फत केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी गराएको हो ।

केसी यसअघि जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षक रहेका थिए । पूर्वमुख्य प्रशिक्षक प्रवेश कटुवाल नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएपछि मछिन्द्रले केसीलाई भित्र्याएको हो । 

सहिद स्मारक 'ए' लिगको साविक विजेता मछिन्द्र यस सिजनको लिगमा भने ६ खेलबाट ६ अंक जोड्दै ११ औँ स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १४:३४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया