नेप्से परिसूचक ३१.३८ अंकले गिरावट

साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक ३१.३८ अंकले घटेको छ। यस दिन नेप्से १.५२ प्रतिशतले घटेर १८३८.४८ बिन्दुमा बन्द भएको छ।

आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँ पुगेको छ।

यस दिन २६८ वटा धितोपत्रको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको हो।आइतबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। 

यसदिन उक्त कम्पनीको सेयरमूल्य ३४२ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै, सानिमा ग्रोथ फण्डको इकाई मूल्य ६.४६ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ७३ पैसा पुगेको छ।

यसैगरी, १०.२५% माछापुच्छ्रे बैंक डिवेञ्चर २०८५ को मूल्य सर्वाधिक ७.७५ प्रतिशतले घटेको छ। उक्त डिवेञ्चरको सेयर मूल्य एक हजार १५ रुपैयाँ ८० पैसा पुगेको छ।

यस्तै, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ६.६२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ९० पैसामा झरेको छ।



त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशतले घटेको छ। आइतबार नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।



उक्त कम्पनीको प्रतिकित्ता ५८० रुपैयाँमा ५ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.०६ प्रतिशतले घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ३९४ रुपैयाँमा ५ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १५:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया