इंग्लिस प्रिमियर लिग फुटबल : म्यानचेस्टर सिटीकाे सानदार जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले रेलिगेसनका दबाबमा रहेको साउथह्याम्पटनलाई ४–१ गोलले हराएकाे हाे । 

सिटीको जितमा एर्लिङ ब्राउट हालान्डले दुई गोल गरे । ज्याक ग्रेलिस र जुलियन अल्भारेजले एक एक गोल थपे भने साउथह्याम्पटनका सेकोउ माराले सान्त्वना गोल फर्काए । 

हालान्डले ४५औं मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाएका थिए । ५८औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा हालान्डले ग्रेलिसको पासमा व्यक्तिगत दोस्रो गोल गरे । 

७२औं मिनेटमा सेकोउ माराले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा फर्काउने प्रयास गरे । ७५औं मिनेटमा अल्भारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई सजिलै जिताए । 

जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्षटोली आर्सनलसँगको दूरी ६ अंकले घटाएको छ । सिटीको २९ खेलबाट ६७ अंक छ । आर्सनलको ७२ अंक छ ।

पराजित साउथह्याम्टन २३ अंकसहित तालिकाको अन्तिममा छ । अर्को खेलमा न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । 



न्युक्यासलको २९ खेलबाट ५६ अंक छ । पराजित ब्रेन्टफोर्ड ४३ अंकसहित नवौं स्थानमा छ । 



  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १६:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया