‘ए’ डिभिजन लिग : जेनिशको निर्णायक गोलमा एनआरटीको पहिलो जित

न्युरोड टिम (एनआरटी) ले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्नेक्रममा एनआरटीले आइतबार हिमालयन शेर्पा क्लबलाई २–१ ले हरायो । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एनआरटीको जितमा जेनिश प्रजापति र रोहत खड्गीले एक/एक गोल गरे ।

खेलको १४औँ मिनेटमा खामिर गिल्सनले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । यही गोलमा शेर्पाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

६७औँ मिनेटमा रोहत खड्गीले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए । खेलको निर्धारित समय सकिन अन्तिम मिनेट बाँकी रहँदा जेनिशले निर्णायक गोल गरेपछि एनआरटीले पुनरागमन जित निकाल्यो ।

योसँगै एनआरटी रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ । उसले सात खेलबाट ६ अंक जोडेको छ । हिमालयन शेर्पाले पनि सात खेलबाट ६ अंक नै जोडेको छ ।  





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १७:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया