गुजरातले दियो कोलकातालाई २०५ रनको लक्ष्य, विजय शंकरको आक्रामक पारी

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।

उसका लागि विजय शंकर र साई सुदर्शनले अर्धशतकीय पारी खेले । २४ बलको सामना गरेका विजयले ५ छक्का र ४ चौकासहित अविजित ६३ रन बनाए । त्यस्तै, सुदर्शनले ३८ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५३ रनको इनिङ खेले ।  

शुभमन गिलले ३९, ऋद्धिमान साहले १७ र अभिनव मनोहरले १४ रन जोडे । कोलकाताका लागि सुनील नारायणले तीन र सुयष शर्माले एक विकेट लिए । 

गत संस्करण विजेता गुजरातले जारी सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले सुरुवाती दुवै खेलमा जित हात पारिसकेको छ ।

गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्स र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो । ऊ आज कोलकाताबादलाई हराउँदै जितको ह्याट्रिक पूरा गर्न चाहन्छ ।  



कोलकाता पनि लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा पञ्जाबसँग हार बेहोरे पनि उसले पछिल्लो म्याचमा रोयल च्यालेन्जर्स  बैंगलोरलाई ८१ रनले हराएको थियो ।  

हालसम्म आइपिएलमा कोलकाता र गुजरातले एक खेलमा प्रतिस्पर्धा गरेका छन् । गत संस्करणमा भएको भेटमा गुजरातले कोलकातालाई ८ रनले हराएको थियो ।   



  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १७:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया