logo-img

रविले भने- सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिँन भने मलाई गढीमाईमा बली दिनुहोला
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठमाथि तत्काल कारबाही हुने बताएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताए । 

‘मैले ७२ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको २ घन्टा भइसक्यो ७० घन्टा बाँकी छ,’ उनले भने,‘७० घन्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाईमा बली दिनुहोला ।’

उनले अगाडि थपे, ‘अडियोमा भनिएको छ मेरो वरपर का मान्छेले मागेको भनेर । ती को रहेछन् तीनलाई तपाईँको आँगनमा सडकमा घिसारेर ल्याउन सकिनछु भने मलाई सजाय दिनु होला ।’

सांसद डा. श्रेष्ठको विवादास्पद टेलिफोन संवाद आइतबार बाहिरिएको थियो ।







  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया