\
आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको जनाइएको छ । सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए ।
उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताए । उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको बताए । उनले पीडितहरुसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भए पनि सहमति हुन नसकेको बताए ।
उनले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताए । उनले मंगलबार मिटरब्याजी पीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्ने गरी वार्ता सकिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।