\


बैतडी जिप दुर्घटनामा मृत्यु भएका आफन्तलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गरियोस् : सांसद जोशी
फरकधार / २९ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले बैतडीको झौखेलमा भएको जिप दुर्घटनामा परी आफन्त गुमाएका पीडितका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुर सवार सो जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका छन् ।  

सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले लाश समेत बुझेका छैनन् । सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । 

‘हिजो २८ गते बेलुकी बझाङ जिल्लाबाट भारतमा रोजगारी गर्न गएका मजदुरहरू भारतबाट नेपाल फर्कँदै गर्दा बझाङबासी दाजुभाइहरू जिप बैतडी जिल्लाको झौखेलमा दुर्घटना हुँदा दुर्घटनामा ६ जना मानिसहरूको घटनास्थलमै मृत्यु भएको छ । पाँचजना घाइते भएका छन्,’ सांसद जोशीले भने, ‘असाध्यै ठूलो वीभत्स घटना भएको छ । अहिले पनि पीडित पक्षले आफूलाई न्याय पाउनका लागि क्षतिपूर्ति पाउनका लागि बाटोघाटो बन्द गरेर बसेका छन । लाशहरू बैतडी जिल्लाको पाटनमा लिएर राखिएका छन् । त्यसो भएको हुनाले म गृह मन्त्रालयमार्फत उनीहरूको उचित क्षतिपूर्तिको व्यवस्थासहित यो दुःखद् घटनाको समाधानका लागि तत्काल गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार १३:४१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया