बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या आएको होइन : गभर्नर अधिकारी
फाइल तस्बिर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या नआएको दाबी गरेका छन् ।

मंगलबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय बैंकको ब्याजदर वृद्धिको कारणले मात्रै अर्थतन्त्रमा समस्या नभएको जस्तो गरी आइरहेका अभिव्यक्ति जस्तो अहिलेको अर्थतन्त्रका समस्या र अर्थतन्त्र चलायमान नहुनुमा ब्याजदर मात्रै नभएको दाबी गरे ।

उनले मुलुकभित्र आर्थिक गतिविधि कम हुनुमा ब्याजदर मात्रै कारक नभएको बताए  । गभर्नर अधिकारीले अर्थतन्त्रमा समस्या आउनुमा बैंकको ब्याजदर बाहेक अन्य तत्वहरु पनि रहेको बताए । उनले उद्योगी व्यवसायीहरुले घोषित रुपमा आन्दोलन गरी व्यवसाय बन्द गर्दा आर्थिक गतिविधि चलायमानमा समस्या भएको बताए । 

गभर्नर अधिकारीले ब्याजदर महँगो भएको भन्दै राष्ट्र बैंकप्रति नै औँला ठड्याएकोमा असन्तुष्टि व्यक्त गरे । उनले राष्ट्र बैंक देखाएर राष्ट्र बैंक माथि औँला ठडाउदा खुसी लाग्ने भन्दै एउटा उत्पादनको लागतमा ब्याजको हिस्सा कति हुन्छ सबैले मनन गर्नुपर्ने बताए । गभर्नर अधिकारीले यो भन्दा अघि पनि कर्जाको ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको बताए । उनले विगतमा १३ प्रतिशत ब्याजदर पुग्दा पनि आर्थिक क्रियाकलाप भइरहेकाले आम्दानी हुँदा बेवास्ता गरिएको भन्दै अहिले आर्थिक क्रियाकलाप सुस्त भएकोले समस्या आएको बताए ।

गभर्नर अधिकारीले अहिले तरलता केही सहज भए पनि जनताले यसको अनुभूति गर्न नपाएको स्वीकार गर्दै राष्ट्र बैंकले बैंकको ब्याजदर निर्धारणको जिम्मा बजारलाई छाडेको बताए ।  उनले बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थाको आधारमा ब्याजदर निर्धारण गर्ने बताए ।





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार १६:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया