logo-img

पोखराका चार पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ कास्की शाखाले चार पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघको ६८औँ स्थापना दिवसका अवसर आज पत्रकार नवीन सिग्देल, भुपाल गुरुङ, गौरव त्रिपाठी र दुर्गा रानामगरलाई पुरस्कृत गरिएको हो । यस्तै महासंघले लक्ष्मी हाउसलाई संस्थागत सम्मान पनि गरेको छ । 

पोखरा पत्रकारिता सम्मान २०७७ पत्रकार नवीन सिग्देललाई अर्पण गरिएका सचिव माधव बरालले जानकारी दिए । सोही विधाको संस्थागत सम्मान विसं २०७८ लक्ष्मी हाउसलाई दिइएको छ । सो सम्मानको राशि ३५ हजार र सम्मान पत्र रहेको छ ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार पत्रकार भुपाल गुरुङलाई अर्पण गरिएको छ । यो पुरस्कारको राशि २० हजार एक सय ११ र सम्मानपत्र रहेको छ । 

पत्रकार गौरव त्रिपाठी र दुर्गा रानामगरलाई जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कारको राशि ११ हजार एक सय ११ र सम्मानपत्र छ । 

पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चारै पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरे । 

प्रदेश प्रमुख गुरुङले स्वतन्त्र पत्रकारिता नहुने ठाउँमा निरंकुशता मौलाउने बताए । राज्यविरोधी काम हुँदा होसियारी गर्ने काम पत्रकारिताको धर्म भएको उनको भनाइ थियो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सही दिशामा लग्ने काम पनि पत्रकारले गर्नुपर्ने उनले बताए । 



पत्रकारको काम तिललाई पहाड र पहाडलाई तिल बनाउने नभएको बताउँदैै पत्रकारिताभित्रको विकृतिलाई हटाउनुपर्नेमा उनले जोड दिए । 

सो अवसरमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, पत्रकार शोभाकान्त सिग्देलले सम्मानित पत्रकारको चिनारी गराउँदै पुरस्कारको महत्वमाथि प्रकाश पारेका थिए । 



सम्मानित पत्रकार सिग्देल, गुरुङ, त्रिपाठी र रानाले पुरस्कारले आफूलाई थप जिम्मेवारी र ऊर्जा थपेको बताए । 
 

  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया