logo-img

निकिता पौड्यालविरुद्धका पोस्ट नहटाए कानुनी प्रक्रियामा जाने रविको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौड्यालविरुद्ध राखिएका समाचार र पोस्टहरु नहटाए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन्। आफ्नी श्रीमतीमाथि गरिएका टीकाटिप्पणीमाथि आक्रोश व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । 

रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईंसँग गरिएको भनिएको अडियोमा उनले पटकपटक कोरटिमको उल्लेख गर्दै मन्त्री बन्न २ करोड रुपैयाँ मागेका थिए। उक्त कोरटिममा लामिछानेकी श्रीमती निकितासमेत रहेको दाबी विभिन्न सञ्चारमाध्यममा गरिएका थिए।

सोही समाचारको जवाफ दिँदै उनले भनेका छन्– एक आफैँमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगतिबाहेक राजनीतिमा केही लिनुदिनु छैन, कायरहरु उसमाथि खनिएका छन्। विनाआधार, विनाप्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौँ। निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ।’







  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया