उद्योग वाणिज्य महासंघ चुनाव : एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी रामचन्द्र संघाई प्यानलबाट ८४६ मतका साथ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

श्रेष्ठका निकटतम् प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत प्राप्त गरे । त्यस्तै, जिल्ला/नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

वैद्य संघाई तथा ढकाल उमेशलाल श्रेष्ठ समूहबाट विजयी भएका हुन् । जिल्ला नगर उपाध्यक्षमा निर्वाचित वैद्यले ४३ पाए । उनका निकटतम् प्रतिद्वन्द्वी अरुणराज सुमार्गीले ३७ र अर्का प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरे । 

वस्तुगत उपाध्यक्षमा निर्वाचित ढकालले ६१ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत ल्याए । 

वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु हुन बाँकी छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् । 

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । जसअनुसार महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बिहीबारदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् । 





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार ८:०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया