उद्योग वाणिज्य महासंघ चुनाव : एसोसियटतर्फ निर्वाचित १९ सदस्य, कसलाई कति मत ?

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियटतर्फ १९ जना सदस्य विजयी भएका छन् ।  

गएराति भएको मतगणना परिणामअनुसार एसोसियट सदस्यतर्फ अम्बिकाप्रसाद पौडेल १३६३, अविनाश बोहोरा १२७५, आनन्दकुमार बगेरिया १३६४, उज्वलकुमार श्रेष्ठ ११९१, हृषी अग्रवाल ८८१, गोपाल खनाल १२६५, जुना माथेमा ९९१ मतका साथ विजयी भएका हुन् । 

त्यस्तै, रामशरण थपलिया १४४०, देश्बन्धु बस्नेत १२८४, प्रबलजङ पाण्डे ११२८, मनोज पौडेल १३७३, मुकुन्दप्रसाद तिमल्सिना ८४२, राजेशकुमार अग्रवाल १३१२, शक्तिकुमार बेगानी ९८८, सुशील थापा १३२९, शैलेन्द्र गुरागाई १३१५, सन्दिपकुमार अग्रवाल ९२५, सुनिलनारायण श्रेष्ठ १३४२ र हेमन्त गोल्छा १३ सय मत ल्याएर सदस्यमा निर्वाचित भएका छन् ।

सदस्यमा २९ जनाको उम्मेदवारी परेकोमा १६४९ मत खसेको थियो । त्यस्तै, एसोसियटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी रामचन्द्र संघाई प्यानलबाट ८४६ मतका साथ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।  

श्रेष्ठका निकटतम् प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत प्राप्त गरे । त्यस्तै, जिल्ला/नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । 

वैद्य संघाई तथा ढकाल उमेशलाल श्रेष्ठ समूहबाट विजयी भएका हुन् । जिल्ला नगर उपाध्यक्षमा निर्वाचित वैद्यले ४३ पाए । उनका निकटतम् प्रतिद्वन्द्वी अरुणराज सुमार्गीले ३७ र अर्का प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरे । 



वस्तुगत उपाध्यक्षमा निर्वाचित ढकालले ६१ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत ल्याए ।

महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले सुरुआती अग्रता लिएका छन् । एसोसियटतर्फको ५०० मत गणना हुँदा संघईले १७७ मतका साथ अग्रता लिएका हुन् ।



उनलाई पछ्याइरहेका अञ्जन श्रेष्ठले १६१ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले १४६ मत ल्याएका छन् ।     

  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार ९:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया