उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएटतर्फको रामचन्द्र संघईले अग्रता लिएका छन् । १ हजार मतगणना हुँदा उनले ३ सय ९० मतका साथ अग्रता लिएका हुन् ।
संघईलाई अञ्जन श्रेष्ठले पछ्याइरहेका छन् । उनले ३ सय ३२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले २ सय ५८ मत प्राप्त गरेका छन् । एसोसिएटतर्फ १ हजार ६४९ मत खसेको छ । एसोसिएटतर्फ गणना सकिएपछि जिल्ला नगर र वस्तुगततर्फको गणना सुरु हुनेछ ।
एसोसियटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी संघाई प्यानलबाट ८४६ मतका साथ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
श्रेष्ठका निकटतम् प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत प्राप्त गरे । त्यस्तै, जिल्ला/नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।
वैद्य संघाई तथा ढकाल उमेशलाल श्रेष्ठ समूहबाट विजयी भएका हुन् । जिल्ला नगर उपाध्यक्षमा निर्वाचित वैद्यले ४३ पाए । उनका निकटतम् प्रतिद्वन्द्वी अरुणराज सुमार्गीले ३७ र अर्का प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरे ।
वस्तुगत उपाध्यक्षमा निर्वाचित ढकालले ६१ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत ल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।