व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध छु : नवनिर्वाचित एसोसिएट उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी उनी एसोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । 

उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरिन् । विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैंमा खुशीको कुरा भएको बताइन् । श्रेष्ठले आफूलाई आगामी दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीको समस्याको समाधान गर्ने प्रतिबद्धता जनाइन् । 

‘महिलाले नेतृत्व लिन पाउँदा धेरै नै खुसी लागेको छ । जित्न कठिन थियो । तर आत्मविश्वास थियो । किनभने सत्यले जित्छ । म टिम लिएर काम गर्छु, टिमलाई समेटेर काम गर्छु, व्यवसायीहरूको समस्याको समाधान गर्ने प्रतिबद्धता छ । चुनाव सकिएपछि हामी एक हुन्छौं । काम गर्न कुनै समस्या हुँदैन । मलाई विश्वास गरेजस्तै हजुहरूको पनि विश्वास पूरा गर्नेछु,’ श्रेष्ठले भनिन् ।

एसोसिएट उपाध्यक्ष श्रेष्ठले चुनावको बेलामा मात्रै प्यानल भएको तर चुनाव सकिएपछि सबै एक भएर काम गर्ने बताइन् । उनले आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिँदै विश्वास टुट्न नदिने प्रतिबद्धता जनाइन् ।  





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार १०:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया