उद्योग वाणिज्य महासंघ निर्वाचन : एसोसिएटतर्फ रामचन्द्र संघईको जित

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फको मत मगणनामा रामचन्द्र संघईले अग्रता पाएका छन् । एसोसिएटतर्फको मतगणना सकिँदा कुल ३० प्रतिशत मतभारमध्ये उनले ११.४ प्रतिशत मत (६१३) ल्याए ।

यस्तै, अञ्जन श्रेष्ठले १०.७ प्रतिशत (५७३ मत) तथा अर्का वरिष्ठ उपाध्यक्ष प्रत्यासी उमेशलाल श्रेष्ठले ७.९ प्रतिशत मत (४२६) प्राप्त गरे । अब वस्तुगत र जिल्ला नगरतर्फको मगगणना हुन बाँकी छ । जिल्लानगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ । 

एसोसियटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । उनीसंघाई प्यानलबाट ८४६ मतका साथ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।  

श्रेष्ठका निकटतम् प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत प्राप्त गरे । त्यस्तै, जिल्ला/नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

वैद्य संघाई तथा ढकाल उमेशलाल श्रेष्ठ समूहबाट विजयी भएका हुन् । जिल्ला नगर उपाध्यक्षमा निर्वाचित वैद्यले ४३ पाए । उनका निकटतम् प्रतिद्वन्द्वी अरुणराज सुमार्गीले ३७ र अर्का प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरे । 

वस्तुगत उपाध्यक्षमा निर्वाचित ढकालले ६१ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत ल्याए ।





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार ११:१८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया