logo-img

सरकारलाई बालेनले भने– सिंहदरबार सार्नुहोस्, काठमाडौंबासीलाई कुनै आपत्ति छैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन) ले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू ठाउँ नै सार्न आग्रह गरेका छन् ।

सरकारले काठमाडौंको हितमा काम गर्न नसकेको गुनासो गर्दै उनले सिंहदरबार अरू पालिकामा सार्न आग्रह गरेका हुन् । साथै, बालेनले राजधानी सारे पनि काठमाडौंबासीलाई कुनै आपत्ति नहुने बताएका छन् ।   

‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले काठमाडौंबासीलाई सम्पदा, संकृति, कला, सभ्यता चाहिएको तर राजनीति नचाहिने पनि बताएका छन् । महानगरपालिकाले सुकुम्बासीलाई हटाउन खोज्दा सरकारले असहयोग गरेको भन्दै मेयर शाहले यसअघि सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने घोषणा गरेका थिए ।



फोहोर नउठाउने उनको घोषणासँगै सरकार र मेयर शाहबीचको विवाद बल्झिँदै गइरहेको छ ।





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया