\


आत्मघाती गोलका कारण बराबरीमा रोकियो युनाइटेड
फरकधार / १ बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्

युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा सेभिल्लासँग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा सेभिल्लासँग युनाइटेड २–२ को बराबरीमा रोकिएको हो ।  

खेलमा सुरुवाती अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा आत्मघाती गोल गर्‍यो । उसले खेलको १४औँ मिनेटमा मर्सेल सबिट्जरको गोलमा सुरुवाती अग्रता लिएको थियो । 

२१अ‍ौँ मिनेटमा उनले नै मार्टियलको पासम गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । खेलको ८४औँ मिनेटमा मलसियाले बललाई डेभिड डे गियाको अगाडि डाइभर्ट गर्ने क्रममा बलले पोष्टको गति लिँदै गोलमा परिणत भयो । 

इन्ज्युरी समयको दोस्रो मिनेटमा युसेफ एन नेसिरिको अफ टार्गेट हेडर ह्यारी मागुइरेले डि गियालाई छाड्दा सेभिल्ला दोस्रो उपहार गोल पायो ।  



क्वार्टरफाइनलकै पहिलो लेगमा युभेन्टसले स्पोर्टिङलाई तथा फेयोनोर्डले रोमालाई १–० ले हराए । अर्को खेलम बायन लिभरकुसेन र युनियन सेन्टल १–१ गोलको बराबरी खेले 



  • प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार ७:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया