बम विस्फोटप्रति नेकपा असन्तुष्ट समूहको ध्यानाकर्षण
१५ दिनभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न एनसेललाई आग्रह

काठमाडौं । ललितपुर नख्खुस्थित एनसेल नेपालको केन्द्रीय कार्यालको मुख्य गेटमा भएको बम विस्फोटको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै नेकपा (असन्तुष्ट समूह)ले एक विज्ञप्ति जारी गरेको छ । नागरिकको बाँच्न पाउने अधिकार हनन भएको भन्दै समूहले यस्ता विध्वशंकारी गतिविधि रोक्न सम्बन्धित पक्षलाई अपिल गरेको छ ।

सर्वोच्च अदालतले एनसेललाई सम्पूर्ण करको बक्यौता तिर्नु र तिराउनू भनी आदेश दिइसक्दा पनि वर्तमान सरकारले यसबारेमा आवश्यक कदम नचाल्दाको परिणाम यो बम विष्फोट प्रकरण भएको असन्तुष्ट समूहका संयोजक युवराज सफलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

असन्तुष्ट समूहले १५ दिनभित्र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न एनसेल नेपाललाई  ध्यानाकर्षण गराउँदै अन्यथा त्यहाँपछि उत्पन्न हुने परिस्थितिको जिम्मा एनसेल नेपालले नै लिनुपर्ने जनाएको छ । 

समूहले वर्तमान सत्तापक्षप्रति संकेत गर्दै एनसेलबाट अर्बौं रुपैयाँ चुनाव खर्च लिएर कर मिनाहा गरेको भनी सुन्नमा आएको र यस सम्बन्धी आवश्यक छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको माग गरेको छ ।





  • प्रकाशित मिति : फागुन ११, २०७५ शनिबार १६:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया