\
नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्तासँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ ।
सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।
सबै नेता तथा कार्यकर्ताको सिंहदरबारमा जान पहुँच नपुग्ने हुँदा यस किसिमको वैकल्पिक व्यवस्था गरिएको हो । आइतबार र बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल तथा सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट्ने समय मिलाइएको छ।
यसअघि नेकपा (माओवादी केन्द्र) ले पनि प्रधानमन्त्री र पार्टीबाट सरकारमा गएका मन्त्रीलाई पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने व्यवस्था गर्ने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।