सरकारले बोल्नेबाहेक काम गरेनः माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताको काम नगरेको आरोप लगाएका छन् । नेता नेपालले सरकारमा बस्नेहरूमा जनताको आवाज सुन्नेभन्दा पनि बोल्ने प्रवृत्ति हावी भएको भन्दै कडा आलोचना गरे ।  

नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउँदै गएको बताए । सरकारी कार्यालयका कर्मचारीमा पूरा समय कार्यालयमा नबस्ने र पैसाविना सेवाग्राहीको काम नगर्ने प्रवृत्ति हावी बन्दै गएको उनले टिप्पणी गरे । 

जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताउँदै उनले अमूक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने दाबी गरे ।  





  • प्रकाशित मिति : फागुन ११, २०७५ शनिबार १७:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया