आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड
परराष्ट्रमन्त्रीमा सावदको शपथ आज

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । उनले तेस्रोपटक प्रधानमन्त्री भएपछि आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

यद्यपि आज पनि मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना न्यून छ । कांग्रेसले आज मन्त्रीका लागि एकजनाको मात्र नाम पठाएको छ ।   

कांग्रेसले परराष्ट्रमन्त्रीको रूपमा कञ्चनपुरबाट निर्वाचित सांसद एनपी सावदको नाम मात्र पठाएको हो । उनको शपथ अपरान्ह ३ बजेका लागि तोकिएको छ ।  

गत १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौँपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । आज सावदले शपथ लिएपछि पनि प्रधानमन्त्री प्रचण्डको काँधमा चार मन्त्रालयको जिम्मेवारी बाँकी नै रहनेछ । प्रचण्डले छिट्टै प्रचण्डले भारत भ्रमण गर्दैछन् ।

त्यसअघि सरकारले परराष्ट्रमन्त्रीको टुंगो लगाउने तयारी गरेको हो । बाँकी मन्त्रीको टुंगो भने उपनिर्वाचनपछि लाग्ने बताइएको छ । उपनिर्वाचन यही १० वैशाखमा तनहुँ १, बारा २ र चितवन २ मा हुँदैछ ।
 





  • प्रकाशित मिति : बैशाख ३, २०८० आइतबार ७:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया