आइतबार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ । हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार आज काठमाडौं प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा रहेको हो ।
काठमाडौं एक्यूआई अहिले १ सय ९२ रहेको छ । डढेलोका कारण केही दिनयता देशभरको वायु प्रदूषण बढेको छ । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा तथा एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ मानिन्छ ।
प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा थाइल्याण्डको च्याङमाइ सहर छ । च्याङमाइको एक्यूआई २ सय २२ रहेको छ ।
त्यस्तै, प्रदूषित सहरको तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बंगलादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता रहेका छन् ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।